केन्यामा सर्वसाधारणको प्रदर्शन : ५ जनाको मृत्यु, ५० भन्दा बढी घाइते


काठमाडाैं – आर्थिक सङ्कटको सामना गरिरहेको केन्या सरकारले कर वृद्धि गर्ने कानुन ल्याएको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका छन् ।  सरकारले संसद् भवनभित्र करवृद्धिसम्बन्धी विधेयक पारित गर्न लागेकाले आम नागरिकले प्रदर्शन गर्न थालेका हुन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएर उनीहरु बलपूर्वक संसद् भवन भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो । अनियन्त्रित भिडमा रहेका प्रदर्शनकारीले संसद् भवनको केही भागमा आगोसमेत लगाइदिएका थिए ।

भिड नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ । अरू ५० जनाभन्दा धेरै प्रदर्शनकारी घाइते भएका छन् । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि प्रदर्शनकारी पछाडि नहटेपछि गोली चलाएको प्रहरीले जनाएको छ । बीबीसी

प्रतिक्रिया