लमजुङमा पहिरो : दोर्दीमा पहिरोले पुरिँदा १ जनाको मृत्यु, एक घाइते


लमजुङ – भारी वर्षाका कारण दोर्दी गाउँपालिका वडा नं.९ स्याउत सुनार गाउँमा गएरातिको पहिरोले पुरिदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विकल सुनार रहेका छन् ।

पहिरोमा परि उनका दाइ १८ वर्षीय बिमल सुनार घाईते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि लमजुङ जिल्ला अस्पताल ल्याउँदै गर्दा विकलको बाटोमै मृत्यु भएको हो। घाइते बिमलको लमजुङ अस्पतालमा उपचार हुँदैछ।

यस्तै क्वोलासोथर गाउँपालिका वडा नं ३ बगुममा पहिरोले चार घरमा क्षति पुगेको छ । चारजना बेपत्ता भएका छन् ।

प्रतिक्रिया