प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा बार्षिक प्रतिवेदन र व्यवस्थापन कार्यको कार्यसूची सार्वजनिक गरिएको छ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ श्रावण २०८० आषाढ’ पेश गर्ने कार्यसूची रहेको छ। त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *