तोलामा नाै सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा नाै सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया