क्रोएसियाको एक नर्सिङ होममा गोलीबारी ६ जनाको मृत्यु


काठमाडाैं – क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गएको छ । अज्ञात समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

घटनास्थलमा ५ जनाको ज्यान जानुका साथै उपचारका क्रममा अर्का एक जनाको ज्यान गएको हो । घटनामा अरु धेरै घाइते भएका छन् । यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेका छन् । गएको वर्ष छिमेकी देश सर्बियामा गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गरि थप घटना हुन नदिन सम्बन्धित अधिकारीहरूलाई आह्वान गर्नुभएको छ । एजेन्सी

प्रतिक्रिया