महिला एशिया कप : आज नेपाल र भारत खेल्दै

काठमाडौं – जारी महिला एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज (मंगलबार) नेपाल र भारत खेल्दै छन् । यो खेल नेपाली समय अनुसार आज साँझ सवा सात बजेदेखि सुरु हुँदैछ ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार व्यहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो र पाकिस्तानसँग पराजित भएको थियो ।

त्यस्तै समूह ‘ए’ अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार व्यहोरेको छ भने युएईले दुवै खेलमा हार व्यहोरेको छ ।

एशिया कप खेल्ने नेपाली टिम
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *