कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त

शर्मा साउन २५ देखि अनिवार्य अवकाशमा


काठमाडौं – सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते सकिने हुनाले त्योभन्दा एक महिना अगाडि साउन २५ देखि विदा बस्ने प्रचलनअनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।

सिग्देलले साउन २५ देखि एक महिना कायममुकायमको भूमिका निभाएसँगै भदौ २५ देखि प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।

प्रतिक्रिया