रामेछापको लेखर्क पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, एक घाइतेको उद्धार
काठमाडाैं – रामेछापको लेखर्कमा पहिरोमा परी मृत्यु हुनेको संख्याको ६ पुगेको छ । दोरम्बा शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरी गाउँमा माथिबाट आएको पहिरोमा परेर उनीहरुको मुत्यु भएको हो ।
यस्तै घटनामा एक जना घाइतेको उद्धार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पहिरोमा परी मृत्यु हुनेमा ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आमुस श्रेष्ठ रहेका छन् । श्रेष्ठकी ११ वर्षीया छोरी अञ्जना घाइते भएकी छन् । घाइते अञ्जनाको गाउँमै उपचार भइरहेको छ ।
गएराति वर्षासँगको पहिरोले तीन वटा घर बगाएको, एउटा घरमा क्षति पुर्याएको र शैलुङ गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।