नवनियुक्त प्रधानसेनापति सिग्देलले पदभार ग्रहण

राष्ट्रपतिबाट शपथ र दर्ज्यानी चिह्न ग्रहण


काठमाडाैं – आजदेखि नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देलले औपचारिक रुपमा कार्यभार सम्हाल्दै छन् । पदभार ग्रहण गर्नुअघि उनलाई राष्ट्रपति एवम् नेपाली सेनाको परमाधिपति रामचन्द्र पौडेलले प्रधानसेनापति पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् । निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सिग्देललाई राष्ट्रपति पौडेलले आजदेखि लागू हुने गरी गएको भदौ १२ गते प्रधानसेनापति नियुक्त गरेका थिए ।

निवर्तमान प्रधानसेनापति शर्मा गएको साउन २४ गतेदेखि बिदामा बसेका छन् । नवनियुक्त प्रधानसेनापति सिग्देल ३७ वर्षदेखि सैनिक सेवामा छन् ।

प्रतिक्रिया