सुनको मुल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख ५६ हजार ८ सय पुग्यो


काठमाडाैं – सुनको मुल्यले कीर्तिमान बनाएको छ । सुनकाे मुल्य आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।

यसअघि सुनकाे मुल्य उच्च शुक्रवार तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ रहेको थियो । आज सुनकाे मुल्य पाँच सय रुपैयाँले बढेर कीर्तिमान बनाएकाे हाे ।

त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया