तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मुल्य


काठमाडाैं – नेपाली बजारमा आज सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ । ताेलाकाे तीन सय रुपैयाँले घटेको सुनको मुल्य आज एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको मुल्य एक लाख ५६ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति भने सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया