आजदेखि दशैंका लागि खसीबोका बिक्री खुुला, मुल्य कति ?

काठमाडौं – दशैंका लागि आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंतिहारलाई लक्षित गर्दै खसीबोका प्रतिकेजी छ सय ७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी छ सय ६० रुपैयाँमा बिक्री खुला गरेको हो ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार दुई सय ३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुुट दिएर एक हजार दुई सय २० रुपैयाँमा बिक्री खुुला गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

शनिबारसम्म दुई सय आठ खसीबोका र तीन सय च्याङ्ग्रा काठमाडौं भित्रिसकेको छ । हेटौँडाबाट पहिलो लटमा दुई सय आठ खसीबोका आइपुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको उनको भनाइ छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ । चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *