गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकामा नयाँ कार्यसमिति चयन


न्यूयोर्क – गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकामा नयाँ कार्यसमिति चयन भएकाे छ । युगपुरुष स्वर्गीय गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित संस्था गिरिजा प्रसाद कोईराला फाउण्डेशन हो। स्व. कोईरालाकी सुपुत्री एवं नेपाली कांग्रेसकी प्रभावशाली नेतृ, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय सुजाता कोईराला फाउन्डेशनको संस्थापक अध्यक्ष हुन्।

काठमाडाैंमा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल विश्व संजाल छ। फाउण्डेशनको मुल उद्देश्य नेपालमा प्रजातन्त्र, शान्ति र विकासका लागी कार्ययोजनाहरु तय गरी नेपाललाई समृद्ध बनाउनु हो। गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको तदर्थ समिती जनवरी २०१९ मा गठन भएको थियो।

समितीमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सल्लाहकारज्युहरु एवं समितीका सम्पुर्ण सदस्यज्यूहरुमा यहाँहरूको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै हार्दिक धन्यवाद एंव आभार प्रकट गर्दछौं। यॅंहाहरुले नवगठीत कार्यसमिति लाई अझै सफल र नमुना कार्यकालको लागी आपसी साथ/सहयोग एवं सहमति,सहकार्य र एकतावद्द भै अगाडी बढने कुरामा प्रोत्साहित गर्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन केन्द्रको विधान अनुसार अमेरिका च्याप्टरमा सन् २०२१-२०२४ कार्यकालको लागी ५ सदस्य सल्लाहाकार र १३ सदस्य कार्यसमितीको नामावली सिफारीस गरिएको र केन्द्रीय अध्यक्षज्यूबाट सो नामहरू अनुमोदित गरी पठाईएको हो।गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कोरोना कहर पछिको पहिलो व्यक्तिगत बैठक बसी नवगठीत कार्यसमिति २०२१-२०२४ का पदाधिकारीहरु एंव सल्लाहकारहरु तपशील वमोजीम रहेको जानकारी गराउॅंन चाहन्छौ।

जसमा पाँच सदस्य सल्लाहकारहरुमा डाक्टर केशव भट्टराई, डाक्टर राजन पन्त, ऐलाना बरमन, वकील जोन जे मुलोहल्याण्ड जुनियर र वकील लारा ग्रेगोरी छन् भने च्याप्टरको कार्यकारी बोर्डमा १३ सदस्य क्रमश सोमनाथ घिमीरे अध्यक्ष, सुवर्ण लामा उपाध्यक्ष, छिरीगं राप्के लामा महासचिव, दावा शेर्पा कोषाध्यक्ष, प्रेम पाैडेल कार्यसमिति सदस्य, रामचन्द्र अधिकारी कार्यसमिति सदस्य प्रवक्ता सुर्य सिंखडा कार्यसमिति सदस्य, रेखा श्रेष्ठ कार्यसमिति सदस्य, राजेश आचार्य कार्यसमिति सदस्य, प्रेम क्षेत्री अधिकारी कार्यसमिति सदस्य, ध्रुव कुँवर क्षेत्री कार्यसमिति सदस्य, सोना शेर्पा कार्यसमिति सदस्य र चुन्डी शेर्पा कार्यसमिति सदस्य रहनु भएको छ। अमेरिकी च्याप्टरको कानुनी सल्लाहकारमा वकिल गिरीजा गौतम छन्।

नवगठीत कार्यसमितिको वैठक च्याप्टरको कार्यालयमा वसी संस्थाका भावी कार्ययोजनावारे वृहत छलफल समेत गर्यो।यस संस्थाको विशेष पहलमा समुदायमा कोभीड विरुद्ध भ्याक्सीन उपलब्ध गराउँदै आएको र आगामी दिनमा अझ सहज वनाउन संस्थाका महासचिव श्री छिरीगं राप्के लामाको संयोजकत्वमा ५ सदस्यीय भ्याक्सीन टास्कफोर्स समिति गठन गरीएको छ। यसैगरी संस्थाको कार्यसमिति सदस्य रामचन्द्र अधिकारीलाई सर्वसम्मत निर्णय गरी फाउन्डेशनको प्रवक्ताको समेत जिम्मेवारी दिईएको छ।

संस्थाले न्युयोर्क राज्यका र सिटीका सरकारी एवं गैरसरकारी संघ-संस्थाहरु र विभिन्न समुदायसँग समन्वय गरी विभिन्न सामाजिक गतिविधि संचालन गर्न फाउन्डेशनका उपाध्यक्ष श्री सुवर्ण लामाको संयोजनमा ५ सदस्यीय उपसमिति गठन गरेको छ।

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरेको बुवा अस्वस्थ भएकाले अपरझट नेपाल जानु परेकाले कार्यवाहक अध्यक्ष यसै संस्थाका उपाध्यक्ष सुवर्ण लामालाई दिइएको जानकारी अध्यक्ष घिमिरेले बताए।

यसैगरी संस्थाको विधानअनुसार फाउण्डेशनको केन्द्रीय कार्यालय सॅंग समन्वय गरी आगामी दिनहरूमा संस्थाका गतिविधि अझ ससक्त एवं प्रभावकारी वनाउने र अमेरिका च्याप्टरले सोका लागी प्रमुख भुमीका निर्वाह गर्न अग्रसर हुने र “सेवा नै धर्म हो” भन्ने नाराका साथ सामाजिक कार्यहरु गर्दै अगी बढ्ने निर्णय गरेको छ।

प्रतिक्रिया