किराना पसल दिनभरी खोल्न पाइने, अरु के-के भयो निर्णय (पूर्णपाठसहित)
काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै थपिएको छ । सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन गर्न पाउने निर्णय गरेको हो ।
यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ । बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् ।
यस्तै उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।मंगलवार (भोलि)देखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक यातायात सञ्चालन हुन दिने निर्णय गरेको हो ।
आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । भोलिबाट उपत्याकामा जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको जिप्रका काठमाडौंले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
सार्वजनिक यातायातमा भने जोरबिजोर प्रणाली लागू हुनेछ ।
पूर्णपाठः