आजदेखि चहलपहल थप बढ्यो : सरकारी कार्यालय र विद्यालय पनि खुले

सार्वजनिक गाडी चल्न थाले, जनजीवन सामान्य

काठमाडाैं – आजदेखि चहलपहल थप बढेको छ । गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् । आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

जेन-जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कर्फ्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । काठमाडाैं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । पसल तथा होटल पनि खुलेका छन् । सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् ।

काठमाडाैं महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । अरू ठाउँका सरकारी तथा निजी विद्यालयमा पनि पठनपाठन क्रमशः सञ्चालन गर्ने तयारी छ ।

भौतिक संरचनामा क्षति पुगेका विद्यालय तथा अन्य सङ्घसंस्थाले संरचनाको भग्नावशेष हटाउन, सरसफाइ गर्न केही समय लाग्ने हुँदा तत्काल कार्य सञ्चालन गर्न समस्या हुने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *