महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौ – महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा नियुक्त गरेका बडालले भदौ २४ देखि नै लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो । बडालले प्रधानमन्त्री रहेका ओलीले राजीनामा दिएलगत्तै राजीनामा दिएको भएपनि आज मात्र स्वीकृत भएर आएको हो ।

महान्यायाधिवक्तालाई प्रधानमन्त्रीले नियुक्ति दिने र प्रधानमन्त्रीले राजीनामा दिए पछि महान्यायाधिवक्ताले पनि राजीनामा दिने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *