चितवन-३ मा सबैभन्दा बढी मत ल्याएर साेविता गाैतम विजयी

काठमाडाैं – प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी भएकी छन् ।

निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी छन् ।

साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा बढी मत ल्याएर विजयी भएकी हुन् । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *