जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउनुः जिल्ला प्रशासन काठमाडौं (सूचनासहित)


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बिहीबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको आदेश यथावत् रहेको र हाल कोभिड १९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकोले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा साङ्केतिक रूपमा मनाउन आम सर्वसाधारणमा आग्रह गरेका हुन् ।

सूचनामा त्यस्ता कार्यक्रमहरू सञ्चालन गर्दा वा सहभागी हुँदा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रूपमा साङ्केतिक तवरले मनाउन र भिडभाड नगर्न नगराउन भनिएको छ ।

प्रतिक्रिया