विदेशी भाषामा पनि तयार हुँदै ‘प्रेमगीत ३’, सकियो हिन्दीकाे लागि डविङ

काठमाडौं – नेपाली चलचित्र जगतमा ‘प्रेमगीत ३’ एउटा एतिहासिक सिनेमा बन्ने भएकाे छ । पटकपटक मिति तोकिएर प्रदर्शनमा हुन नसकेकाे फिल्म अब अन्य विदेशी भाषामा पनि डबिङकाे काम हुँदैछ । याेसंगै नेपालबाट विदेशी भाषामा बनेकाे पहिलाे चलचित्र हुनेछ ।

सिनेमाले २ सय वर्ष अगाडिको परिदृश्यमा एउटा प्रतिबन्धित प्रेमकथामा देखाउने दाबी गरेको छ। ‘प्रेम गीत ३’लाई छेतेन गुरुङ तथा सन्तोष सेनले संयूक्तरुपमा निर्देशन गरेका हुन्।

सिनेमामा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ। चैत २८ गते रिलिज हुने सिनेमालाई निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेका हुन्।

सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको छायांकन र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन छ । आसुसेन फिल्मस्को व्यानरमा निर्मित सिनेमाका निर्माता सन्तोष सेन हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *