बैंकमा लकरको माग हुन थालेसँगै, बढ्यो मूल्य, वार्षिक शुल्क कति ?


काठमाडौं -चाडपर्वको बेला बढी चोरी हुने गरेकोले लकरको माग हुन थालेको छ । यो सँगै बैंकहरुले लकरको मूल्य बढाएका छन् ।

सानिमा बैंकले केही समयअघि सबैभन्दा सानो लकरलाई २ हजार ५ सय रुपैयाँ वार्षिक शुल्क लिदै आएको थियो । अहिले त्यसलाई बढाएर ३ हजार पुर्‍याएको छ । निजी क्षेत्रबाट सञ्चालित सानिमा बैंकले सबैभन्दा सानोलाई वार्षिक ३ हजार शुल्क लिदै आएको छ भने सबैभन्दा ठूलोलाई ९ हजार रुपैयाँ लिदै आएको छ ।

नेपालको सबैभन्दा पुरानो तथा सरकारी स्वामित्वको नेपाल बैंकले भने सबैभन्दा सानो साइजको लकर उपलब्ध गराए बापत वार्षिक २ हजार ५ सय रुपैयाँ लिने गरेको छ । त्यसैगरी, सबैभन्दा ठूलो साइजको लकरबाट वार्षिक १० हजार रुपैयाँ उठाउने गरेको छ ।

चाडपर्वमा घर वा भाडामा बस्ने धेरै जसो मानिसहरु ताल्चा लगाएर जिल्लामा जाने भएकाले पनि चोरी हुने सम्भावना बढी हुने गरेको छ । यसरी हुने चोरीबाट बच्नका लागि बहुमूल्य वस्तुहरु लकर मा राख्ने चलन बढ्दै गएको छ ।

प्रतिक्रिया