अब त्रिवि शिक्षण र वीर अस्पतालका प्रयोगशाला रिपोर्ट अनलाइनमा

काठमाडौं – त्रिवि शिक्षण र वीर अस्पतालका प्रयोगशालाको रिपोर्ट घरमै बसेर हेर्न मिल्ने व्यवस्था गरिएकाे छ। बिरामीले गराएको स्वास्थ्य परिक्षण रिपोर्ट अनलाइनमार्फत जहाँबाट पनि हेर्न सकिने व्यवस्था मिलाइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

बिरामीले परीक्षण शुल्क बुझाएको बिलमा भएको लिंक पनि दिइएकोृ हुन्छ। उक्त लिंक खोलेर युजर नाम र मोबाइल नम्बर राखेर लग इन गरी रिपोर्ट हेर्न सकिने जनाइएको छ।यस्तो व्यवस्था गरिएसँगै स्वास्थ्य परीक्षणपछि बिरामीले रिपोर्ट लिन पुनः अस्पतालमै जानुपर्ने अवस्थाको अन्त्य भएको छ।

वीर अस्पतालको रिपोर्ट हेर्न बिरामीले फोन नम्बर वा इमेल आइडी टिपाउनुपर्ने हुन्छ। सोही नम्बर वा इमेलमा रिपोर्टको लिंक उपलब्ध गराइने अस्पतालको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने यसअघि नै अनलाइन मार्फत ल्याब रिपोर्ट हेर्न मिल्ने व्यवस्था गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *