सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द

काठमाडौं – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन बन्द भएको छ।

कोभिड महामारीका कारण ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत मंगलवार सुरु भएको सेवा पुनः बन्द भएको हो। साइटमा प्राविधिक समस्या देखिएकोले आवेदन बन्द भएकाे  यातायात व्यवस्था विभागले जनाएको छ।

‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ प्रणाली मर्मत कार्य भइरहेको छ’ विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *