आज माल्दिभ्सबाट १ लाख बढी डोज खोप नेपाल आउँदै


काठमाडौं – माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल आउने छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो ।

खोप आज बेलुका ८ बजे कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ ।सरकारले यसअघि भारतबाट खरिद गरी ल्याइएको १० लाख डोज एष्ट्राजेनेका खोप दोस्रो डोज दिन बाँकी नौ लाख नागरिकलाई दिने योजना बनाएको छ ।

नेपालमा अहिले सम्म एक कारोड ५८ लाख १९ हजार ४६६ जनाले खोरोनाको खोप लगाएका छन् । जसमा पहिलो मात्रा लगाउनेको संख्या ८६ लाख ६७ हजार ४२७ रहेको छ भने पूर्ण खोप लगाउनेको संख्या ७१ लाख ५२ हजार ३९ जना रहको छ ।

प्रतिक्रिया