नेपालमा ९० लाख नाघ्याे कोरोनाविरुद्धको खोप लगाउनेकाे सङ्ख्या

काठमाडाैं – नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको सङ्ख्या ९० लाख नाघेको छ।

पछिल्लो २४ घण्टामा एक लाख ७३ हजार चार सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या ९० लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ९० लाख ८१ हजार ६ सय ५४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएकामा उनीहरूमध्ये ७८ लाख एक हजार पाँच सय ६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६८ लाख ८३ हजार एक सय ६० मात्रा खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *