अब खाँदबारीमा ग्लोबल आइएमई बैंकको शाखा

काठमाडौं – ग्लोबल आइएमई बैंकले थप एक नयाँ शाखा सञ्चालनमा विस्तार गरेको छ । बैंकले संखुवासभाको खाँदबारीमा नयाँ शाखा संचालनमा ल्याएको हो । योसँगै बैंकको शाखा संख्या २८७ पुगेको छ ।

यस्तै, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *