दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट


काठमाडौं – दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) को सबैभन्दा धेरै उत्परिवर्तित भाइरस फेला परेको छ । यसले आगामी दिनमा कोरोना संक्रमण बढाउन सहयोग पुर्‍याउने भन्दै वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

बीबीसीका अनुसार सुरुवाती चरणमा दक्षिण अफ्रिकाको एउटा प्रान्तमा यसका अत्यधिक संक्रमित भेटिए पनि अन्य क्षेत्रमा पनि यसको संक्रमण देखिएको छ ।

अहिलेसम्म यो भेरियन्ट कति छिटो अर्को मानिसमा सर्छ र यसले खोप लगाएका मानिसमा कस्तो प्रभाव पार्छ भन्नेबारे जानकारी पाउन सकिएको छैन । यसलाई शुक्रबार विश्व स्वास्थ्य संगठनले अल्फा, बिटाजस्तै कुनै संकेत दिन सक्ने अनुमान छ ।

कुनै मानिसको प्रतिरोधी क्षमताले भाइरसलाई परास्त गर्न नसकेको अवस्थामा उसको शरीरमा कोरोना भाइरस उत्परिवर्तित हुने सम्भावना बढी हुन्छ ।

प्रतिक्रिया