विद्यार्थी युनियनमाथिको प्रतिबन्धको विरोधमा पाकिस्तानको पेशावरमा प्रदर्शन

पेशावर – पेशावर शहरका विद्यार्थीहरूले विद्यार्थी युनियनहरूमाथि प्रतिबन्ध लगाइएकोमा इमरान खानको सरकारको विरोधमा शुक्रबार विरोध र्याली गरेका छन्। विद्यार्थीलाई सुविधा उपलब्ध गराउनुपर्ने माग लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका विद्यार्थीले प्रदर्शनमा भाग लिएका थिए । प्रदर्शनकारीहरूले विद्यार्थी युनियनहरूको पुनर्स्थापनाको माग गरेका छन् ।

विद्यार्थी नेता कासिम खानले मार्शल लबाट विद्यार्थी युनियनलाई प्रतिबन्ध लगाएको भए पनि पछिल्ला सरकारले पनि प्रतिबन्धलाई निरन्तरता दिएको बताएका छन् । कासिम खानले विद्यार्थी युनियनमाथिको प्रतिबन्ध संविधानको धारा १७ को स्पष्ट उल्लङ्घन भएको बताए, जसमा भनिएको छ, “प्रत्येक नागरिकलाई सार्वभौमसत्ता वा अखण्डताको हितमा कानूनले लगाएको कुनै पनि उचित प्रतिबन्धको अधीनमा संघ वा युनियनहरू खोल्ने अधिकार हुनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *