विवाह गर्ने प्रलोभन देखाई किशोरी बलात्कार गर्दै आएका सिंह पक्राउ


पर्सा – जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प–२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार वीरगंज महानगरपालिका-११ श्रीपुरस्थित आप्नै कोठामा लगेर पटक–पटक करणी गरेको भन्ने जाहेरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

प्रतिक्रिया