सप्तरीमा भीषण आगलागी : दुई सय बढी घर जले


सप्तरी – सप्तरीमा भीषण आगलागी भएको छ । महादेवा गाउँपालिका-१ मा भएको आगलागीबाट गाउँ नै सखाप भएको छ ।  दिउँसो करिब २ बजेबाट लागेको आगोले चिम्टी टोलका दुई सय बढी घर जलेका छन् ।

३ वटा बारुणयन्त्र, सुरक्षा नियका र स्थानीयले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रणमा आउने नसकेको प्रहरीले जनाएको छ । वडाध्यक्ष जयकिशोर दासका अनुसार शत्रुधन यादवको घरबाट आगलागी शुरू भएको थियाे ।

दासका अनुसार यो टोलमा यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको छ । हाल आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राजविराज, शम्भुनाथ, हनुमाननगर कंकालिनी नगरपालिकाबाट आएको वारूणयन्त्रका साथै प्रहरी र स्थानीय आगो निभाउने काममा जुटेका छन् ।

प्रतिक्रिया