विप्लव नेकपासहितका ६ पार्टीले घेरे एमसिसीको कार्यालय


काठमाडौं – ६ वटा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपालस्थित कार्यालय एमसिए घेराउ गरेका छन् ।

घेराउमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव समूह), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपाजस्ता दलका नेता तथा कार्यकर्ता संलग्न थिए ।

घेराउपछि आयोजित कोणसभामा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसिसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार भएको बताए । ६ कम्युनिस्ट पार्टी यतिबेला एमसिसीविरुद्धको चरणबद्ध आन्दोलनमा छ ।सोहीअनुसार मंगलबार संसद् भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।

६ कम्युनिस्ट पार्टीका नेताहरूले एमसिसी सम्झौता हिन्द–प्रशान्त सैन्य रणनीतिअन्तर्गत आएकाले सो राष्ट्रघाती भएको र यो नेपालमा ल्याउनै नहुने माग आफूहरूको रहेको बताए । घेराउ कार्यक्रममा विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला, मालेका दिननाथ घिमिरे, हस्त केसीलगायत सहभागी थिए ।

प्रतिक्रिया