काेराेना कहरः रात्रिकालीन व्यवसाय र फिल्म हल बन्द गर्ने निर्णय


काठमाडौं – सरकारले बढ्दाे काेराेना संक्रमण नियन्त्रण गर्न भन्दै माघ १५ गतेसम्मलाई रात्रिकालीन व्यवसाय र मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय गरेको बताए ।

यसका साथै भिडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल समेत जारी गरेको छ ।

प्रतिक्रिया