रिपोर्ट नेगेटिभ आए पनि केकी आइसोलेसनमा

काठमाडौं – नायिका केकी अधिकारीले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी छन्। कोरोना पुष्टि भएको तीन दिनपछि पुन: पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन्।

‘केही दिनअघिको हावा, पानी र वर्षापछि मलाई रुघाले समात्यो। दुई रात ज्वरो पनि देखियो। मैले स्वाब परीक्षण गउँदा कोरोना पुष्टि भएको थियो’, उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेकी थिए। तीन दिनपछि पुन: परीक्षण गर्दा नतिजा नेगेटिभ आयो।’

उनले नतिजा नेगेटिभ आए पनि आफूलाई आइसोलेट गरिरहेको बताएकी छन्। अन्योलता बिच सबैको फोन उठाउन र मेसेजको प्रतिउत्तर दिन असमर्थ रहेकोमा आफ्नो समस्या बुझिदिन उनले आग्रह गरेकी छन्।

‘हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरू सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्’, उनले लेखेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *