क्यालिब्रेशन फ्लाइट : नेपाल आइपुग्यो एरो थाईको जहाज, भोलिदेखि उडान हुने


काठमाडौं – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ ।

एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज बिहीबार अपराहन्न २ः५० बजे त्रिभूवन विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएकाे छ ।

परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको छ । एरो थाईको जहाज बिहीवार बंगलादेशको ढाका हुँदै काठमाडौं आएको हो ।

जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्नेछ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ ।

प्रतिक्रिया