ठूलो लस्कर रुसी बख्तरबन्द युक्रेनको राजधानी किएभतर्फ जाँदै


किएभ – ठूलो लस्कर रुसी बख्तरबन्द युक्रेनको राजधानी किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको छ । रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएकोे शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरू देखिएको हो ।

मेक्सर टेक्नोलोजीले सार्वजनिक गरेको स्याटेलाइट तस्बिर अनुसार रुसी सैनिकहरूको गाडीको लाइन झन्डै ६० किलोमिटर लामो रहेको जनाएको छ । हिजो साेमवार दिउँसो लिइएको तस्बिरमा सयौँ बख्तरबन्ध गाडी, ट्याङ्क र तोपहरू छन् ।

युक्रेनको राजधानी किएभमा रुसी आक्रमण केही कम भएको बेला फेरि अत्याधुनिक हतियारसहित ठूलो सङ्ख्यामा सेनाहरू गइरहेका छन् ।सार्वजनिक भएको स्याटेलाइट तस्बिरमा दक्षिणी बेलारुसमा पनि रुसी सैनिक र हेलिकप्टर तैनाथ भएको देखिन्छ ।

राजधानी किएभमा अहिले हवाई आक्रमणकाे सङ्केतस्वरूप साइरनहरू बजिरहेका बीबीसीले जनाएको छ । रुसले युक्रेनको दोस्रो ठूलो शहरमा जानाजान सर्वसाधारणलाई निसाना बनाएर हवाई आक्रमण गरिरहेकाले यो युद्ध अपराध रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । बीबीसी

प्रतिक्रिया