प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि आइतवारकाे संसद् बैठकले छलफल गर्ने


काठमाडाैं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि पर्सि आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा छलफल गरिने भएको छ । आइतवारकाे सम्भावित दैनिक कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नुहुने छ । प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिसका लागि ११ सदस्यीय समिति गठन गरिसकेको छ ।

जबराविरुद्ध गएको १ गते ९५ जना सांसदको समर्थनसहित कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, र नेकपा–एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया