गायक सनिश श्रेष्ठको ‘फलिङ फर यु’ सार्वजनिक (भिडियोसहित)


काठमाडाैं – भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डान्सिङ भर्सन’ को यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गरेका छन् । जावेद खानले छायाङ्कन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङकाे अभिनय छ ।

लुपी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह–निर्माता हुनुहुन्छ । म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ ।

भिडियो:

प्रतिक्रिया