चिनियाँ जहाज दुर्घटनामा चालक दलसहित सबैकाे अवस्था अज्ञात


काठमाडौं – सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३२ जनाको अवस्था अज्ञात रहेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा १२३ यात्रु र नौ जना चालक दलका सदस्य सवार रहेका छन् ।

बोइङ ७३७ गुआङ्सीको वुझाउ नजिकै खसेका विमानको हाल उद्धार कार्य चलिरहेको बताइएको छ । उद्धार कार्यका लागि तत्काल ५८८ वटा अग्निनियन्त्रक पठाइएको छ।

एक स्थानीय अनुसार अग्निनियन्त्रकहरूले आगो निभाउनु अघि जहाज टुक्राटुक्रा भएको र रुखहरू जलेर खरानी भएको छ । उद्धार कार्य जारी रहेकाले घटनाबारे यकिन जानकारी बाहिर आएको छैन । एजेन्सी

प्रतिक्रिया