नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण हुने, हस्ताक्षर समारोह नेपालमा


काठमाडौं – कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा.अल वीन समिख अल मारीसँग भेटवार्ता गरेका छन् ।

कतारका श्रममन्त्री मारीसँग नेपाल–कतार सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका थिए ।

सो क्रममा कार्यदल स्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा गरे ।

प्रतिक्रिया