कोरोना भाइरस : देशभर थप १९ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार ३४९ जनाको पिसिआर परीक्षण गर्दा १५ जना र १ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा कसैको पनि मृत्‍यु नभएको मन्त्रालयको भनाइ छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट ४९ जना निको भएका छन्। हाल देशभर ५ सय २० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *