अस्गर अलीले दिए इसेवाको सञ्चालक पदबाट राजिनामा


काठमाडाैं – नेपालको लोकप्रिय मोबाइल वालेट इसेवाको संचालक अस्गर अलीले पदबाट राजिनामा दिएका छन् ।  अलीले वैशाख १२ गतेदेखि लागु हुनेगरी पदबाट राजिनामा दिएका हुन् ।

इसेवालाई नेपालको लोकप्रिय डिजिटल वालेट बनाउन महत्वपूर्ण भूमिका खेलेका अली बाहिरिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आईटी विज्ञसमेत भइसकेका अलीले यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत भएर काम पनि गरिसकेका छन् ।

त्यस्तै इसेवाको सञ्चालक समितिको बैठकले पूर्व बैंकर परशुराम कुँबर क्षेत्रीलाई अध्यक्षमा चयन गरेको छ । क्षेत्रीले केही दिनमा राष्ट्र बैंकसमक्ष पद तथा गोपनीयताको सपथ लिनेछन् ।

प्रतिक्रिया