पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन – नौविसे मुग्लिन सडकखण्डको चुमखोलामा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

ईच्छाकामना गाउँपालिका-३ चुम खोलामाथिबाट पहिरो झरी राजमार्ग दुईतर्फी अवरुद्ध बनेको हो ।

पहिरो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *