संचारकर्म विट मार्दै राजनीतिमा लागे रवि लामिछाने (भिडियोसहित)

काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेले सञ्चारकर्म छाडेर राजनीतितर्फ लागेको घोषणा गरेका छन् ।

आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने चर्चा चलिरहँदा लामिछानेले संचारकर्म विट मार्दै राजनीतितर्फ लम्किएको बताए । एक भिडियोसन्देश सार्वजनिक गर्दै लामिछानेले आफू रहरले सञ्चारकर्मी बनेको तर परिस्थितीले राजनीतिज्ञ बन्न लागेको समेत उल्लेख गरेका छन् ।

उनले आगामी असार ७ गते काठकाडौंको राष्ट्रिय सभागृहबाट ‘कसरी अघि बढ्ने’ भन्ने विषयमा कार्यक्रम गरेर जानकारी दिने बताए।

यसअघि न्यूज २४ को ‘सिधा कुरा जनतासँग’ भन्ने कार्यक्रमबाट सञ्चार क्षेत्रमा थप उचाइ बनाएका लामिछाने हाल ग्यालेक्सी फोर टेलिभिजनमा आवद्ध रहेका थिए । राजनीति लाग्ने भएसँगै बिहीबार नै ग्यालेक्सी फोरके टेलिभिजनबाट बिदा भएर अब पूर्णकालिन राजनीतिमा लाग्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *