सांसद, कर्मचारी र पत्रकारको कोरोना परीक्षण: संसद् सचिवालय

काठमाडाैं – संघीय संसद् सचिवालयले सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सांसद, कर्मचारी तथा पत्रकारको नोभल कोरोनाभाइरस (कोभिड–१९) परीक्षण गर्ने भएको छ।

२७ वैशाखमा आह्वान गरिएको संसद् अधिवेशनलाई लक्षित गरेर आरटी-पीसीआर विधिबाट परीक्षण गर्न लागिएको स‌ंसद् सचिवालयले जनाएको छ।

२२ वैशाखमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा सांसदहरू, महासचिव, सचिव लगायतका कर्मचारी, सभामुख र अध्यक्षका निजी सचिवालयका कर्मचारी लगायतको कोरोना परीक्षण गर्न लागिएको छ।

त्यस्तै, २३ वैशाखमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, मर्यादापालक, संसद्‌मा रिपोर्टिङ गर्ने पत्रकार, ट्राफिक प्रहरी, कुकुरबाट सुरक्षा जाँच गर्ने सुरक्षाकर्मी लगायतको परीक्षण गरिने सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले जानकारी दिए।

उनका अनुसार, दुवै दिन बिहान १० देखि ५ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रको ल्होत्से हलमा स्वाब संकलन गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *