उपत्यकाबाट गाँउ फर्किन चाहनु हुन्छ? यस्ताे छ प्राव्धान

काठमाडौं – काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा भएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि २९ गतेसम्मको लागि निषेधाज्ञा गर्ने निर्णय भएको हो।

तर काठमाडौं उपत्यकाबाट घर फर्किनको लागि भने स्थानिय प्रशासनले केही सहजीकरण गरेको छ। काठमाडौं उपत्यकाभित्र रहेर घर फर्किन चाहनेहरुले सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस गरेमा जान दिने व्यवस्था मिलाएको छ।

काठमाडौं उपत्यकाबाट फर्किसकेपछि स्थानीय तहले अनिवार्यरुपमा १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धता सहितको सिफारिस दिएमा घर फर्किन दिने निर्णय भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *