कोरोना भाइरस : देशभर थप २७ जनामा संक्रमण पुष्टि


काठमाडाैं – देशभर थप २७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

शनिबार २७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २३ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

१८ सय २ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

१६ जना उपचारपछि डिस्चार्ज समेत भइसकेका छन्। अहिले देशभर १८८ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया