चार घन्टादेखि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन


चितवन – पहिरोका कारण चार घन्टादेखि अवरुद्ध बनेकाे पृथ्वी राजमार्ग खुलेको छ।

आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन-कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो।

उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।

पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो।

प्रतिक्रिया