निक्षेप रकमको १० गुणासम्म फिर्ता हुने एनआईसी एशिया बैंकको मुद्दती योजना


काठमाडौं – एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । २०७९ असार १२ गतेदेखि यस योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टास ग्राहक लक्षित गरी ल्याइएको बैंकले जनाएको छ ।

यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुुसार डबलदेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा लिन सक्ने भनिएको छ ।

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सुविधासँगै २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा थियो । यसअघिका निक्षेप खाताहरूमा पाइने फाइदाभन्दा अझ बढी फाइदाहरू रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको विज्ञप्तीमा छ ।

यो बैंकका देशभर ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्ग सुविधा उपलब्ध छन् । ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ । देशको कुल जनसंख्याको ८०५ भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२५ शाखा कार्यालयहरू स्थापना गरेको छ।

प्रतिक्रिया