प्राइम लाइफबाट मनोज भट्टराईले लिए अवकाश


काठमाडाैं – आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् ।

दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् । कम्पनीका कर्मचारीले सोमवार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् ।

प्रतिक्रिया