थप ६ सय ६० जना कोरोना संक्रमित, एककाे मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र २ हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। संक्रमणमुक्त हुनेको संख्या ४४४ रहेको छ।हालसम्म नौ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन्।
हालसम्म ९ लाख ७२ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ।
तीमध्ये ५ हजार ४७१ होम आइसोलेसनमा, १७० जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ४६ जना आइसियुर २ जना भन्टिलेटरमा उपचाररत छन्। सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालिकोट र हुम्ला रहेका छन्।