एभरेष्ट बैंककाे नयाँ शाखा टौखेलमा

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले ललितपुरको टौखेलमा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले आइतबार आयोजित कार्यक्रममा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेल शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्परत्न शाक्य, वडा नं. ३ का अध्यक्ष सानुराजा घिमिरे, गोदावरी उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा अरनिको समाजका कार्यकारी सदस्य राजन महर्जन, एभरेष्ट बैंकका नायब महाप्रबन्धकद्वय केशवराज पौडेल तथा आषुतोश शर्मा, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोषकुमार भट्टराईलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *